कात्तिक २१, २०८३ शनिबार

फ्र्याङ्कफर्ट, जर्मनी, (रासस/एएफपी): इरानका अपदस्थ राजा मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवीलाई इरानी जनतालाई प्रदान गरिने ‘स्वतन्त्रता पुरस्कार’ शनिबार फ्र्याङ्कफर्टमा सम्मानित गरिएको छ।  

यो पुरस्कार इरानी जनतालाई प्रदान गरिएको थियो। तर आलोचकहरूले यस समारोहलाई अवैध भनेका छन् । 

हजारौँ प्रदर्शनकारीहरूले समर्थन गर्दै क्रान्तिपूर्वका इरानी झण्डा हल्लाउँदै स्वागत गरेपछि रेजा पहलवीले फ्रेडरिक नउमान फाउन्डेसनबाट पुरस्कार लिए। यो संस्था उदारवादी एफडीपी पार्टी नजिकको सक्रिय समूह हो। 

सन् १८४८–४९ मा जर्मनीको पहिलो निर्वाचित संसद बसेको प्रख्यात सेन्ट पल चर्चमा पहलवीले भन्नुभयो, “इरान लोकतन्त्र सिक्न पर्खिरहेको देश होइन। यो देशलाई लोकतन्त्र अभ्यास गर्नबाट रोकिएको छ।” 

उहाँले थप्नुभयो, “मतदानको अधिकारका लागि मर्न तयार रहेको जनता मतदानको अधिकार प्रयोग गर्न तयार छ।” 

गत वर्षको अन्त्यतिर इरानमा सरकारविरोधी प्रदर्शन सुरु भएका थिए। जनवरीमा प्रदर्शनलाई व्यापक बल प्रयोग गरी सुरक्षा बलले दबाएको थियो तर हजारौँ मानिसले शाहदत प्राप्त गरेका थिए ।

इरानले भने यो सङ्ख्या करिब तीन हजार रहेको दावी गरेको थियो । 

अधिकारवादी समूहहरूका अनुसार त्यसमा दशौँ हजार मानिस मारिएका थिए । मारिएकाहरूका आफन्तहरूमध्ये केही हलमा उपस्थित थिए । तिनका बारेमा बोल्दा पहलवीको स्वर काँपेको जस्ता सुनिन्थ्यो । 

उहाँले फाउन्डेसनलाई भन्नुभयो, “तपाईंहरूले ‘स्वतन्त्रता’ शब्दको अर्थ राम्रोसँग बुझ्ने जनता रोज्न सक्नुहुन्नथ्यो।” 

सडकमा देखिएको पहलवीका लागि समर्थनका बाबजुद पहलवीले पुरस्कार स्वीकार गर्नु सबैलाई मन नपरेको सहभागीहरूले बताएका थिए । 
पहलवीका बुबा मोहम्मद रेजा पहलवी इरानका अन्तिम शाह हुनुहुन्थ्यो । निरंकुश शासक रहेका उहाँ सन् १९७९ मा क्रान्ति अघि निर्वासनमा भाग्नुभएको थियो । 

त्यसपछि राजतन्त्र ढल्यो र पछि इस्लामी पादरी शासन स्थापित भयो । केहीले पहलवीलाई इजरायलप्रति खुला समर्थन गरेको र बुबाको निरंकुश शासनबाट पर्याप्त दूरी नराखेको आरोप लगाउँछन् । ‘बिर्सिसकेको तानाशाह’ इरानमा थुनिएका करिब २०० कैदीले पहलवीले पुरस्कार लिनेबारे विरोधपत्रमा हस्ताक्षर गरेका छन् । हेस्से राज्यको जर्मन–इरानी समाजकी प्रवक्ता साहर सनाईका अनुसार उनीहरूले पहलवीलाई ‘बिर्सिसकेको तानाशाह’ को प्रतीक मानेका छन् । मध्य–वामपन्थी एसपीडी र ग्रीन्सका फ््रयाङकफर्ट शाखाले कार्यक्रम बहिष्कार गरेका छन् । उनीहरूले पहलवीलाई इरानी जनताको वैध प्रतिनिधि मान्न नसकिने तर्क गरे। वामपन्थी डाई लिङ्केको फ््रयाङकफर्ट शाखाले चर्चले यस्तो कार्यक्रम आयोजना गर्न नहुने बताएको छ। 

सहरको नियमअनुसार पूजास्थलमा राजनीतिक कार्यक्रम आयोजना गर्न पाइँदैन। 

पुरस्कार घोषणापछि शनिबार बोल्दै पहलवीले भन्नुभयो, “म यो पुरस्कार इरानमा लोकतान्त्रिक रूपमा निर्वाचित सरकार नआएसम्म ‘ट्रस्टी’ को रूपमा मात्र स्वीकार गर्दैछु । म यसलाई अस्थायी रूपमा मात्र राख्छु। एक दिन म यसलाई विदेशी भूमिमा होइन, राजधानी तेहरानमा वैध मालिकहरूको हातमा सुम्पिनेछु।"
–––