हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न २३ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । लाभांश घोषणा गर्ने २३ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले लाभांश घोषणा गरेको छ भने सबैभन्दा थोरै नेपाल एसबिआई बैंक लिमिटेडको लाभांश रहेको छ ।
त्यस्तै, लाभांश घोषणा गर्ने २३ वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकको बुकक्लोज भइसकेको छ । त्यसैले, अब यी बैंकको सेयर किन्ने लगानीकर्ताहरूले यो आर्थिक वर्षको लाभांश पाउँदैनन् । बाँकी १२ वटा बैंकको सेयर भने अझै किन्दा पनि लाभांश प्राप्त गर्न सकिनेछ ।
हेर्नुस् कुन बैंकको कति लाभांश ?
१. हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
२. सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ७ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७.७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२।९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको वार्षिक साधारण सभा कार्तिक १६ गते सम्पन्न भइसकेको छ ।
४. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११/२४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा सम्पन्न भइसकेको छ ।
५. माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गरेको थियो । त्यसैले, ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रैलाभांश प्राप्त गर्न सक्नेछन्।
६. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको असोज ११ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कुमारी बैंकको २१औं वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गते एकदिन बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ७ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
९. सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
१०. नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको ६२ औँ वार्षिक साधारण सभा पौष २ गते, शुक्रबार नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।
११. एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा पौष १ गते, बिहीबार एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।
१२. नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेपाल बङ्गलादेश बैंक लिमिटेडको असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको २७औँ वार्षिक साधारण सभा मंसिर २ गते बिहीबार, बैंकको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौँमा सम्पन्न भइसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक १५ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१३. नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो लाभांश बैंकहरूमध्येको हालसम्मकै उच्च लाभांश हो । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
१४. बैंक अफ काठमाडौँ
बैंक अफ काठमाडौँ लिमिटेडको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
१५. एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
१६. ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेडको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
१७. प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडको कार्तिक २२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको १४ औँ वार्षिक साधारण सभा पौष ६ गते बैंकको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।
१८. सनराईज बैंक लिमिटेड
सनराईज बैंक लिमिटेडको कार्तिक २२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
१९. मेगा बैंक लिमिटेड
मेगा बैंक लिमिटेडको कार्तिक २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरणको प्रस्ताव गरिएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुकक्लोज गरेको छ । त्यसैले, मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २८ गते, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमांडौमा पोखरामा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ ।
२०. प्रभु बैंक
प्रभु बैंक लिमिटेडको कार्तिक २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं।६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
२१. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
२२. नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लोज मिति तोकेको छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
२३. लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको एक्काइसौँ वार्षिक साधारण सभा पौष ८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।