एजेन्सी।
विश्वका ४० भन्दा बढी देशहरुमा कोरोना भाइरसको दोस्रो लहरपछि पुन: लकडाउन लगाउन थालिएको छ ।इंग्ल्यान्डमा हालसम्म तीन पटकसम्म लकडाउन लगाइसकिएको छ ।
भखर्रै लण्डनका केही क्षेत्रहरुमा केही प्रतिबन्धहरु हटाइएको थियो ।स्काई न्यूजको विश्लेषण अनुसार यूरोपका करीव दुई तिहाई देशहरुमा कोरोना भाइरसको नयाँ संक्रमित तिव्र रुपमा बढिरहेका छन् ।
जर्मनीमा बुधवार मात्र १४ हजार ३५६ नयाँ संक्रमित थपिएका छन् ।यो संख्या ४ फेब्रुअरीपछिको सबैभन्दा धेरै हो ।
डिजीज कन्ट्रोल एजेन्सीका चीफ रोबर्ट भाइलरका अनुसार नयाँ संक्रमित थपिनुको अर्थ यूरोपको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा कोरोनाको तेस्रो लहरको शुरुवात भएको छ ।ब्राजीलमा एक दिनमा कोरोनाका कारण हुने मृत्युको रेकर्ड बनिरहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ८६ जना मानिसको मृत्यु भएको छ ।नयाँ संक्रमित संख्या ७९ हजार ८ सय ७६ भएको छ ।
यो सहित कुल १ करोड १२ लाख संक्रमित संख्या रहेको छ ।मृत्यु हुनेको संख्या मात्र ब्राजीलमा २ लाख ७० हजार ६ सय ५६ जना पुगिसकेको छ ।
जसले गर्दा अमेरिकापछि ब्राजील दोस्रो नम्बरमा रहेको छ ।टर्कीमा १४ हजार ५ सय ५६ संक्रमित भेटिएका छन्, जून यो वर्षको सबैभन्दा धेरै संख्या हो ।