मंसिर १९, २०७८ आइतबार

सनराईज बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको मंसिर १६ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष १५ गते, बिहिबार आम्रपालि ब्यान्क्वेट बालुवाटारमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।

त्यस्तै सभाले सनराईज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गते आईतबार परेकाले पुस १ गते बिहिबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।