रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश बीमा समितिबाट स्विकृत भएको छ ।
कम्पनीको असोज १८ गते, सोमबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश मंसिर १६ गते, बिहीबार नियमनकारी निकाय बीमा समितिबाट स्विकृत भएको छ ।
अब उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
