कात्तिक २९, २०८३ आइतबार

जनकपुरधाम, २९ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुग्नुभएको छ ।

    भाकलअनुसार छठ पर्व मनाउन जनकपुरधाम आउनुभएका सभापति लामिछाने दम्पती साँझको अर्घ दिन आज गङ्गासागरस्थित छठघाट पुग्नुभएको हो ।

    लामिछाने दम्पती जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट प्रसादसहितको ढाकी बोकी छठघाट पुग्नुभएको थियो ।    

    यसैबीच, छठ पर्वका अवसरमा हेलिकप्टरबाट गङ्गासागर पोखरीसहितका छठघाटमा पुष्पवृष्टि गरिएको थियो ।

    छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।