मंसिर १, २०८३ मंगलबार

अछाम, १ मङ्सिर : खीना बुढालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । 

कात्तिक २६ गते जिल्ला अस्पताल मङ्गलसेनमा प्रसूति भएपछि घर फर्किनुभएका बुढाको स्वास्थ्यमा अचानक गम्भीर  समस्या भएपछि थप उपचारको लागि आज  सुर्खेत लगिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बमले बुढाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको जानकारी दिनुभयो ।

बुढा मङ्गलसेन नगरपालिका–४ निवासी हुनुहुन्छ ।