फागुन २८, २०७७ शुक्रबार


काठमाण्डौ।
फिफा विश्वकप छनौट अन्तर्गत नेपालले खेल्न बाँकी तीन खेल कुवेतमा खेल्ने भएको छ ।एसियन फुटबल महासंघले विश्वकप छनौट अन्तर्गत समुह बी मा रहेका सबै खेल तथष्ट मैदान कुवेतमा हुने भएको छ ।

कोरोनाका कारण ताइपेइ र अष्ट्रेलियाले आउन कठिनाई गरेपनि दशरथ रंगशालामा हुने भनिएका खेलहरु स्थगित भएका थिए ।

अब एएफसीले छनौटका बाँकी खेलहरु मे ३१ देखि जुन १५ सम्म हुनेछ । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ ।

कोरोनाका कारण एएफसीले अन्तिम समयमा नेपालमा हुने खेलहरु स्थगित भएका थिए । त्यसपछि एएफसीले सहभागि सबै देशलाई खेल गराउनका लागि आवेदन दिन भनेको थियो । जसमा सबै सुविधा भएको हुुनपर्ने भनिएको थियो ।

त्यसमा एन्फाले पनि आवेदन दिएको थियो । तर सबै पुर्वाधार र सुविधा भएको कुवेतलाई समुह बी का खेलहरु गर्न जिम्मेवारी दिइएको छ ।