मंसिर २०, २०७८ सोमबार

काठमाडौँ, मङ्सिर १९ गते । डिसेम्बर अन्तिम साता संयुक्त अरव इमिरेट्स (यूएई) मा अयोजना हुने यू–१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले आइतबार सम्पन्न वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये २० जनालाई प्रारम्भिक छनोटमा राखेको हो ।

प्रारम्भिक टोलीमा विवेककुमार यादव, तिलकराज भण्डारी, शेर मल्ल र गुलशन झाबाहेक सबै नयाँ खेलाडी छन् । नेपाली टोलीको प्रशिक्षण बिहीबारबाट सुरु हुने क्यानले जनाएको छ ।

टोलीमा पर्ने खेलाडीहरूमा देव खनाल, मोहम्मद हसन, बहिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपक कँडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउँद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी छन् ।