मंसिर २०, २०७८ सोमबार

एजेन्सी, २० मङ्सिर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल हुने जनाइएको छ ।

सो वार्ताको मुख्य मुद्दा एस–४०० डिफेन्स प्रणाली आपूर्तिको रहने बताइएको छ । भारतीय मिडियाका अनुसार पुटिन र मोदीको सो भेटलाई महत्वपूर्ण भेटका रूपमा लिइएको छ ।