महेश सिंह । सिरहाको लहान १ मा सञ्चालनमा रहेको बसपार्कमा रकम असुली भइरहेको तथ्य फेला परेको छ।स्थानीय महेश गुप्ताको निजी बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले वार्षिक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन्।
लहान नगरपालिकाले बिचौलियाको काम गर्दै पैसा उठाउने गरेको छ । लहान नगरपालिकाको पूर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ।
मनपरी र जबर्जस्ती अवैध तरिकाले छोटो तथा लामो दूरीका सवारीसाधनबाट पैसा असुली गर्ने गरेको तथ्य फेला परेको छ।
नेता चौधरीका अनुसार आफूखुशी बसपार्कमा सवारी छिराएमा बसपार्कको चार्ज १०० र बाहिरको गाडीलाई ५० रुपैयाँ लिने गरेको छ ।