गृह मन्त्रालयका प्रवक्ता फेरिएका छन्।
मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अहिलेका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी कोइरालालाई दिइएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका पोखरेल विशेष कामले अमेरिका प्रस्थान गरेपछि प्रवक्ताको जिम्मेवारी कोइरालाले पाएका हुन्।