हेटौँडा, ११ मङ्सिरः बागमती प्रदेशका मकवानपुर, धादिङ र सिन्धुलीमा प्रहरीले आठ बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद धमलाका अनुसार मङ्सिर १ देखि ८ गतेसम्म मकवानपुरमा पाँच बिघा, धादिङमा दुई बिघा १२ कट्ठा र सिन्धुलीमा १३ कट्ठामा लगाइएको गाँजाखेती फडानी गरिएको हो ।
लागुऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिइएको प्रवक्ता धमलाले बताउनुभयो । गाँजा फडानी गर्न तीन जिल्लामा ९५ जना प्रहरी परिचालन भएका थिए ।