महेश सिंह/ सिरहा लहान २१ मङ्सिर - लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सिरहामा सुरु भएको छ ।
अभियन्ताहरूले "घर बाट सुरु गरौं, महिला हिँसा अन्त्य गरौं" भन्ने मूल नाराका साथ बजार परिक्रमा गरेका छन् । उक्त कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायत जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका दर्जनौं महिला प्रहरी र अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको स्थानीय मानव अधिकारकर्मी रोशन यादवले जानकारी दिए ।