काठमाडौं ।
नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले भारतको जयपुरमा हुने राजस्तान बास्केटबल लिग (आरबीएल) खेल्ने भएका छन् ।यही मार्च १४ देखि २१ सम्म हुने लिगका लागि सदिश शुक्रबार नै भारत प्रस्थान गरेका छन् । प्रतियोगिताको फाइनल मार्च २१ मा हुनेछ ।
राजस्थान बास्केटबल लिगको यो दोस्रो संस्करण हो । उनी पहिलो पटक भारतमा खेल्न गएका हुन् । नेपाली बास्केटबलका लागि यो राम्रो अवसर हुने सदिशको विश्वास छ । सदिशले यसअघि बंगलादेशमा पनि खेलेका थिए ।
सदिशकै कप्तानीमा नेपालले गत वर्ष नेपालमै भएको १३औं सागमा कास्य जितेको थियो ।