मंसिर २२, २०७८ बुधबार

काठमाडौं । देशभर चिसो बढ्ने क्रम शुरू भएको छ  । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन माैसम विद्हरूले आग्रह गरेका छन् ।

जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाअनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाअनुसार आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती प्रदेश नं १ र प्रदेश नं २ का भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।