फागुन २८, २०७७ शुक्रबार

काठमाडौं : नेपाल क्रिकेट संघक्यानले त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामीमाथि कारबाही गरेको छ । बागमती विरुद्धको खेलमा अभद्र व्यवहार गरेको आरोपमा त्रिभुवन आर्मीका सोमपाल कारबाहीमा परेका हुन् ।

उक्त खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबिनको क्रममा दोषी पाइएको नेपाल क्रिकेट संघले जनाएको छ ।

सोमपाललाई खेलाडी संहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अङ्क घटाउनुका साथै चेताबनी दिइएको क्यानले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को खेलाडी आचार संहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिब्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ ।