एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको टाइम्स अफ इण्डियाले जनाएकाेे छ ।
#Watch: Military chopper crashes in TamilNadu's Ooty
CDS Bipin Rawat, his staff and some family members were in the Mi-series chopper that crashed between Coimbatore and Sulur in Tamil Nadu. Search and rescue operations launched from nearby bases: Sources pic.twitter.com/Vtlm2yOJJD
— The Times Of India (@timesofindia) December 8, 2021
रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।
दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ।
#WATCH | Latest visuals from the spot (between Coimbatore and Sulur) where a military chopper crashed in Tamil Nadu. CDS Gen Bipin Rawat, his staff and some family members were in the chopper.
(Video Source: Locals involved in search and rescue operation) pic.twitter.com/YkBVlzsk1J
— ANI (@ANI) December 8, 2021
इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।