मंसिर २२, २०७८ बुधबार

आफ्नो प्रेमीसँग मिलेर श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छिन् । यो घटना भारत मध्य प्रदेशको राजधानी भोपालको हो । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमाइन्। पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरूले प्रहरीसामु आत्मसर्मपण गरेका थिए ।

घटना मंगलबारको हो। अपराह्न एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेको प्रहरीलाई बताएकी थिइन्। सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् । लगत्तै प्रहरीले कारको डिक्की खोल्दा त्यहाँ रगतले लतपतिएको शव भेट्यो । प्रहरीले तत्काल ती महिला र उनको साथमा आएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

संगीता नाम गरेकी ती महिलाले आफ्नो पतिले आफूमाथि शंका गर्ने र आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेपछि प्रेमीसँग मिलेर पतिको हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।

संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ।

आफ्नी पत्नीको पाण्डेसँग सम्बन्ध रहेको थाहा पाएपछि पति/पत्नीबीच झगडा भइरहन्थ्यो । त्यही कारण पत्नीले प्रेमिसँग मिलेर पतिको हत्या गर्ने योजना बनाएकी थिइन्।

यसरी गरिन् पतिको हत्या

हत्या गर्ने रात संगीताले श्रीमान् धनराजलाई काडा पानी बनाएर दिइन् । त्यसमा पतिले थाहा नपाउने गरी स्लीपिङ ट्यावलेटको १० गोली हालिदिइन् । त्यस पछि धनराज सुते र उनी मस्त निदाए।

त्यसपछि संगीताले आफ्नो प्रेमी पाण्डेलाई घरमा बोलाइन् । पाण्डेले मस्त निदाइरहेका वेला धनराजको टाउकामा पटकपटक रड प्रहार गरेर हत्या गरे । हत्यापछि शव  आफ्नो गाडीको डिक्कीमा राखे र दुवैजना मिलेर शव व्यवस्थापन गर्न खोजे । तर, उनीहरूले जसरी भए पनि प्रहरीले आफूहरूलाई पक्राउ गर्ने अनुमान गरे । त्यसपछि लगत्तै उनीहरूले प्रहरीसमक्ष आत्मसर्मपण गरे । एजेन्सी