काठमाडौ । नेको इन्स्योरेन्स कम्पनी आजबाट ज्ञानेश्वरस्थित नयाँ भवनमा सर्यो । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो ।
कम्पनीले करिब २० करोड लागतमा बनाएको भवन तयार भएको जनाएको छ । पाँच तल्लो भवनमा केन्द्रीय कार्यालय र कर्पोरेट कायालय रहनेछ । नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराई, सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज विहान १०ः०० बजे भव्य रुपमा उद्घाटन गर्नुभयो हाल अनामनगरस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको नेको इन्स्योरेन्स कम्पनी आजबाट अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनबाट सञ्चालनमा आयो ।
पाँच तल्ले भवनमा अण्डरग्राउण्ड पार्किङको सहितको सुविधा सम्पन्न छ । नयाँ भवनमा स्थानान्तरणपछि कम्पनीको ब्राण्डिङ तथा कार्य क्षमतामा समेत बृद्धि हुने विश्वास लिइएको छ ।