मंसिर २३, २०७८ बिहिबार

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । समता घरेलु लघुवित्त र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यसैले आजसम्म कायम सेयधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

समता घरेलु लघुवित्त वित्तीय संस्था 
समता घरेलु लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँ वार्षिक साधारण सभा पुस ७ गते, बिहिबार हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । मंसिर २४ र २५ गते शुक्रबार र शनिबार नेप्सेमा कारोबार बन्द हुने भएकाले आज मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१।४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।