महेश सिंह/सिरहा लहान/२४ मङ्सिर - सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित ग्रामीण बजारमा रामजानकी विवाह पञ्चमीको अवसर पारेर कुस्तीको आयोजना गरिएको छ । प्रत्येक वर्ष उक्त स्थानमा विवाह पञ्चमीका दिन ठुलो मेला लाग्ने गरेको छ ।
कुस्ती भनेको जुँगाको लडाइँ पनि हो । अहिले लोप हुँदै गएको पहलमानीको आयोजना गर्दा कुस्ती हेर्न गाउँलेहरूको भीड लाग्ने गरेको छ । कुस्ती खेल शारीरिक रूपले शरीरका लागि राम्रो हुने भएकाले लोप हुन लागेको कुस्ती पुनः व्यक्तिहरूले कुस्तीमा जोड दिएका प्रमुख अतिथि किशोरी यादवले जानकारी दिए ।
कुस्ती खेल्न नेपालका वीरगन्ज,नवलपरासी,भारतको जामुकस्मिर,हरियाना,पंजाव,दिल्ली,बनारस लगायतका ख्याति प्राप्त पहलमानहरूको कुशस्ती हुने भएको छ्। मङ्सिर २३ गते बाट सुरु भएको कुशस्ती मङ्सिर २६ गते सम्म चल्ने भएको छ। ख्यातिप्राप्त नवलपरासीका कासी पहलमानलगायत सयौं पहलमानहरू कुस्ती कार्यक्रममा सहभागी छन् ।