काठमाडौँ।
पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेट जाँदा निधन भएको भाइ विज्ञान शर्माले जानकारी दिए । उनी ६३ वर्षका थिए ।
उनले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिन्थे । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।