आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले घटेर ९२ हजार २ सयमा झरेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै घटेर ९१ हजार ७ सयमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १६ रुपैयाँ कायम गरेको छ ।