अस्ट्रेलिया र इङल्यान्ड बिच जारी एसेस सिरिजको पहिलो खेलको दोस्रो इनिङमा इङल्यान्डले राम्रो प्रदर्शन गरेको छ।
अस्ट्रेलियाको ब्रिसबेनमा जारी सिरिजमा अस्ट्रेलिया तेस्रो दिन ४२५ रनमा समेटिएपछि इङल्यान्डले दोस्रो इनिङ सुरु गरेको हो।
दोस्रो इनिङमा इङल्यान्ड दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बनाएर अविजित छ।
इङल्यान्डका लागि कप्तान जो रुट र डेभिड मलानले उत्कृष्ट प्रदर्शन गर्दा पाहुना टोली लयमा देखिएको हो।
तेस्रो दिनको समाप्तिमा इङल्यान्ड अझै ५८ रनले पछि छ। दोस्रो इनिङ सुरु गरेको इङल्यान्डका लागि ओपनर हसिब हमिदलाई २७ तथा रोरि बर्नसलाई १३ रन बनाएर आउट भए।
त्यसपछि क्रिजमा आएका डेभिड मलान र जो रुटले तेस्रो विकेटका लागि सानदार साझेदारी गरे। मलान ८० रनमा अविजित रहँदा उनलाई कप्तान जो रुटले ८६ रनमा अविजित साथ दिएका छन्।
यी दुईले तेस्रो विकेटका लागि १५९ रनको अविजित साझेदारी जारी राखेका छन्। अस्ट्रेलियाका मिचेल स्टर्रक र प्याट कमिन्सले समान १(१ विकेट लिएका छन्।
त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा उच्च स्कोर बनाउने क्रममा उसका लागि ट्राभिस हेडले १५२ रनको सानदार इनिङ खेले। त्यसअघि ओपनर डेभिड वार्नरले ९४ रन बनाउँदा मार्नुस लाबुसेनले ७४ रन बनाएका थिए।