बहुमूल्य धातु युरेनियमसहित प्रहरीले काठमाडौँबाट चारजनालाई पक्राउब गरेको छ। बौद्धबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
भारतमा खानीमा काम गर्ने व्यक्तिले आफूले करिब २०–२२ वर्षदेखि उक्त युरेनियम घरमा राखिरहेको बताएको प्रहरीले जानकारी दिएको छ।
फेला परेको युरेनियम प्रशोधन नभएको (कच्चा) युरेनियम हो। प्रहरीका अनुसार १० ग्राम प्रशोधित युरेनियमको मुल्य १८ करोड नेपाली रुपैयाँ पर्छ।
नेपालमा युरेनियमसहित कसैलाई पक्राउ गरेको यो पहिलो घटना हो।
पक्राउ पर्नेमा रामेछामको लिखु तामाकोशी गाउँपालिकाका ४० वर्षीय नारायणसिंह तामाङ, सोही स्थानकी ४० वर्षीया जानुका तामाङ, रामेछापको बाघजोर नगरपालिका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिकाको २० वर्षीय मनोज न्यौपाने छन्।