आज शुक्रवार भएको दोस्रो खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
चौथो चरण अन्तर्गत त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई दुई–शून्य गोल अन्तरले हराएको हो ।
आर्मीले खेलको पहिलो हाफ नै दुई गोल गरेको हो । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको १९ औँ मिनेटमा, जगजित श्रेष्ठले ३६ औँ मिनेटमा गोल गरे ।
आज पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । यो जितसँगै आर्मीले चार खेलबाट आठ अङ्क पुर्याएको छ । च्यासल चार अङ्कसहित नवौँ स्थानमा यथावत् छ ।