साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाको भनाइ छ। साताको सुरु र अन्त्यतिर देशका अधिकांश स्थानहरूमा मौसम सामान्यत: सफा हुने सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानहरूमा अधिकतम् तथा न्यूनतम् तापक्रममा हल्का गिरावट आउने सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र घाम लाग्दै गएपछि बिस्तारै कम हुँदै जाने सम्भावना रहेको छ ।