फागुन २८, २०७७ शुक्रबार

 पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशका सिफारिस भएका छन्।

शुक्रबार बसेको न्याय परिषद् बैठकले सर्वोच्चमा दुई न्यायाधीशका साथै उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको हो।

संसदीय सुनुवाईबाट अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।