सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा हुनेछ ।
सभामा कम्पनीको कार्तिक १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ :
