मंसिर २५, २०७८ शनिबार

सेन्चुरी कमर्सियल बैंक द्वारा सिमान्तकृत बर्गका विद्यार्थीहरुलाई न्यानो कम्वल बितरण गरिएको छ ।

बैकले २०७८ मंसिर २२ गते काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका वडा नम्बर ४ छेडामा सस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सीमान्तकृत बर्गका विद्यार्थीहरुका लागि उच्च शिक्षा र सिपमुलक तालिम प्रदान गर्ने उद्देश्य सहित लक्ष्मी प्रतिस्ठान द्वारा  संचालन गरिएको कुमार बलराम स्मृति छात्राबासमा रहेका ४९ विद्यार्थी लाई जाडो मौसममा मध्यनजर गर्दै एक समारोहका बिच न्यानो कम्वल बितरण गरेको हो ।

उक्त कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माबी का प्रअ बलराम खरेल,सेन्चुरी कमर्सियल बैक धुलिखेल शाखा प्रबन्धक हरिकृष्ण दाहाल, र दोलालघाट शाखा का इश्वर रानाभाट लगाएत स्थानीय प्रतिष्ठित ब्यक्ती हरुको उपस्तिथि रहेको थियो ।

सेन्चुरी कमर्सियल बैक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत शिक्षा , स्वास्थ्य बाताबरण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।