मंसिर २६, २०७८ आइतबार

नागरिक स्टक डिलर कम्पनीले आईपिओ निष्काशनको बिषेश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजेबाट गर्ने निर्णय गरेको छ ।

सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित) प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले आ.व. २०७७/०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट संचालकहरुको मनोनयन र निर्वाचन गर्ने र  संचालकहरुको पारिश्रमिक, भत्ता एवं सुबिधा अनुमोदन तथा निर्धारण गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।