काठमाडौं । कलंकीदेखि चाबहिल धोबीखोलासम्मको दोस्रो सडकखण्ड बिस्तारले अब गति लिने सङ्केत देखिएको छ ।साइट क्लिअरिङको जिम्मा पाएको नेपाल सरकारले चिनियाँ पक्षलाई साइट क्लिअर भएर काम अघि बढाउन सकिने जानकारी दिँदै पत्राचार गरेपछि चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ ।
चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले बिस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्म सडकको अध्ययन गरेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई प्रतिवेदन दिएपछि चक्रपथ बिस्तारको काम अघि बढ्ने भएको हो । चक्रपथ बिस्तार आयोजनाले चिनियाँ प्राविधिक टोलीले अनौपचारिक रूपमा साइटको भिजिट गरेपछि बिस्तारको काम अघि बढ्ने जनाएको छ ।