अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीका कारण ७० जनाको मृत्यु भएको छ। आँधीका कारण मैनबत्ती कारखानामा कयौं कामदार फसेकाले मृतकको संख्या १ सय नाघ्न सक्ने अनुमान गरिएको छ।
मेफिल्डको मैनबत्ती कारखानामा रहेका १ सय १० जना कामदार मध्ये ४० जान अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीका कारण ७० जनाको मृत्युको उद्दार गरिएको छ। आँधीका कारण कारखानामा फसेका कामदारको खोजीमा आपतकालीन टोली नै खटाइएको छ।
आँधीका कारण दशौं हजार मानिस पानी र विद्युत सेवाबाट वञ्चित भएका छन्। केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीका कारण क्षतिग्रस्त भएका छन्।
मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ। यस्तै आँधीले पुर्याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले आग्रह गरेका छन्।
आँधीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति बाइडनले विपद् संकटकालको घोषणा गर्दै प्रभावित राज्यहरुका लागि सहयोग कोष जारी गरेका छन्।