मंसिर २६, २०७८ आइतबार

नेपाली बजारमा आज आइतबार सुनचाँदीकै मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार २ सय रूपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले बढेको छ । तेजाबी सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९१ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार १ हजार १ सय ८५ रुपैयाँमा नै कारोबार भएको थियो ।