काठमाडौंः अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नयाँ बानेश्वरस्थित ससंद् भवनअगाडि नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सिपी गजुरेललगायत रहेका छन्।
एमसीसी संसद्बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वरअगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिए ।