रेनल्टको नयाँ शोरुम लहानमा पनि सोमबारबाट संचालनमा आएको छ। नेपालका लागि रेनो गाडीहरूको आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल प्रालिले लहानमा ‘भाग्य महालक्ष्मी अटोमोबाइल्स’शोरुमको उद्घाटन गरेको छ।
लहानमा पहिलो पटक सञ्चालनमा आएको रेनोको नयाँ शोरुम भाग्य महालक्ष्मी अटोमोबाइल्समा रेनोका सर्वाधिक रुचाइएका मोडलहरू Kwid, kiger, Duster र Triber का गाडीहरू, स्पेयर पार्ट्स र एसेसरिजलगायतका सेवाहरू उपलब्ध रहेको सञ्चालक रामबाबु साहले बताए ।