मंसिर २९, २०७८ बुधबार

पाकिस्तानको कराँची शहरमा एक महिला सामाजिक कार्यकर्तामाथि चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ । यो घटना मंगलबार न्यू कराची क्षेत्रमा भएको थियो ।

२४ वर्षीया सबा असलम आफ्नो घरबाट बाहिर निस्कनेबित्तिकै उनीमाथि हला भएको थियो । उनलाई लगत्तै अब्बासी शहीद अस्पताल पुर्‍याउँदा डाक्टहरूले मृत घोषणा गरेका थिए । आक्रमणकारी ती युवतीका छिमेकी थिए र उनी नशाको लतमा रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए । असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र विधवा महिलाका लागि काम गर्थ्यो । एजेन्सी