एजेन्सी : भारत र इंग्ल्याण्ड बिच हिजोबाट सुरु ५ खेलको टिट्वान्टी शृखंलाको पहिलो खेलमा पाहुना टोलीले घरेलु टोली भारतलाई लज्जास्पद हार दिलाउदै शृखंलामा १-० को अग्रता लिएको छ।
भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको उक्त खेलमा टस जितेर फिल्डिङ गरेको इंग्ल्याण्डले भारतलाई पुरा ओभर खेल्न दिएर ७ विकेट लिदै मात्र १२४ रन बनाउन सफल भयो।
भारतका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन समेत चुकि रहदा श्रेयश ऐय्यरले ६७ रनको अर्धशतकिय पारी खेले।
१२५ रनको लक्ष्य पछ्याएको पाहुना इंग्लिस टोलीले १५.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्न सफल रह्यो।
भारतको महत्वपुर्ण ३ विकेट लिन सफल इंग्ल्याण्डका बलर जोफ्रा आर्चर प्लेयर अफ दि म्याच रहे।
यि दुई बिचको दोस्रो टिट्वान्टी भने आईतबार बेलुकी हुनेछ।