मंसिर २९, २०७८ बुधबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।

काठमाडौंमा आयोजित तेस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । 

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । 

सर्वसाधारण सेयरधनी समूहबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।