मंसिर २९, २०७८ बुधबार

काठमाडौँ, मङ्सिर २९ गते । बंगलादेशको ढाकामा बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराउँदै साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले शानदार जित निकालेको छ । 

एकपक्षीय खेलमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । सविता रानामगर, मेनुका आलेमगर, सलोनी रानामगर र रजनी थोकरले एक एक गोल गरे । नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।