मंसिर २९, २०७८ बुधबार

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएको छ ।

खेलाडी वर्गीकरणमा भएको त्रुटिका विषयमा उनले असन्तुष्टि पोखेका थिए । मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२१ मा प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको छ ।