फागुन २९, २०७७ शनिबार

काठमाण्डौमा जारी पहिलो संस्करणको काठमाण्डौ मेयर कपको फाईनल खेल आज हुदै छ। काठमाण्डौको टियु मैदानमा दुई विभागिय टोलीहरु नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् खेल बिहान ८:४५ बाट सुरु हुनेछ। 

समुह बिजेता बनेको पुलिसले समुह चरणको खेलमा नेपाल एपिएफ क्लब सहित ,बागमती प्रदेश तथा आर्मी क्लबलाई पराजित गरेको थियो भने समुह उपबिजेता नेपाल एपिएफ क्लबले बागमती प्रदेश,आर्मी क्लब र मेयर ११ लाई पराजित गरेको थियो। 

खेल अघि हिजो आयोजित ट्रफि सार्वजनिक समारोहमा बोल्दै दुवै टिम जित हात पार्न तयार रहेको बताएका थिए।