एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा एट्लान्टाले स्पेजियामाथि ३–१ गोलको सहज जित निकालेको छ ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा एट्लान्टालाई जिताउन मारियो पासालिकले दुई गोल गरे भने लुइस फर्नान्डो मुरियल फ्रुटोले एक गोल गरे ।स्पेजियाका रोबर्टो पाइकोलीले एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५३औँ मिनेटमा पासालिकले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाए ।
५५औँ मिनेटमा फ्रुटोले गोल गरेपछि एट्लान्टाले अग्रता दोब्बर बनायो । ७२औँ मिनेटमा पासालिकले दोस्रो गोल गर्दै एट्लान्टालाई ३–० गोलले अग्रता दिलाए । ८१औँ मिनेटमा पाइकोलीले गरेको गोल स्पेजियाका लागि सान्त्वना गोल बन्यो ।
उक्त जितसँगै एट्लान्टाले साविक विजेता युभेन्टससँग अंक बराबरी गरेको छ । उसले २७ खेलमा ५२ अंक जोडेको छ । २५ खेल खेलेको युभेन्टससँग समान अंक भए पनि गोलअन्तरको आधारमा एट्लान्टाभन्दा अगाडि छ ।
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/vBtH11QTsIU" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>