छ वटा युरोपेली सुपरमार्केटहरूले वन विनाशको कारण देखाउँदै ब्राजिलबाट आयात हुने गाईको मासुमाथि प्रतिबन्ध लगाएका छन् ।
वन जङ्गलसँग गाई तथा अन्य वस्तुभाउको प्रत्यक्ष सम्बन्ध मानिन्छ । गाई तथा गाईको मासुबाट उत्पादन हुने सामग्री खरिदबिक्रीमा रोक लगाउँदा अमेजनको रेनफरेस्ट विनाश हुनबाट जोगिने भन्दै सो प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण अमेरिकाबाट हुने गाईको मासु खरिदमा सन् २०२२ को सुरुवातदेखि नै प्रतिबन्ध लगाउने बताइएको छ । सो प्रतिबन्धलाई प्रभावकारी बनाउन विभिन्न निगरानी गरिने समेत बताइएको छ ।
करिब १४ हजारभन्दा बढी ढुवानीकर्ताले दक्षिण अमेरिकाबाट गाई र गाईको मासु वैधानिक र अवैधानिक रूपमा युरोपेली र अमेरिकी मुलुकमा पठाउने गरेको बताइएको छ ।
अमेजन रेनफरेस्ट विनाश हुँदै गएको र सन् २०२१ मा मात्र सो जङ्गल १५ वर्षयताकै उच्च विनाश भएको तथ्याङ्कले देखाएको छ ।