महेश सिंह/सिरहा लहान/ २ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा सवल नेपाल र सेभद चिल्ड्रेनले एक १ वर्षमा गरेको कामको अनुगमन र समीक्षा गर्न सरोकारवालाहरू त्यहाँ पुगेका छन्।
सवल नेपाल र सेभद चिल्ड्रेनले शिक्षा, स्वास्थ, बेरोजगार र पीडित समुदायमा काम गर्दै आएका छन्। कामको अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रतिनिधि दिलिपकुमार साहको अध्यक्षतामा फिल्ड अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
सवल नेपालले सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्वयमा संचालन गरेको समुन्ती कार्यक्रम लैङ्गिक केन्द्रित परियोजना र घरमा सुरक्षित सिकाइ परियोजनाबाट सन् २०२१ मा भएको सम्पूर्ण क्रियाकलापहरूको अनुगमन गरेका छन्।