नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको हिजो (पौष १ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश ९कर प्रयोजन० गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश अघिल्लो वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७६र७७ को संचित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोज) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।