पुस ३, २०७८ शनिबार

काठमाडौं । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पदमुक्त भएकी छिन् । संस्थागत मर्यादाभन्दा गलत गतिविधि गरेको भन्दै भण्डारीलाई विधानत: पदमुक्त गरेको निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । समितिले भण्डारीमाथि कार्यालयको लेटरप्याड र छाप दुरूपयोग गरेको आरोपसमेत लगाएकाे छ ।