पुस ३, २०७८ शनिबार

महेन्द्रनगर । नेपाली मजदुर चढेको बस भारतको पलियामा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भारतीय यूपी ०३३० पी १३७५ नम्बरो बस पलियामा दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । घाइतेहरूको पलियाकै स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर उक्त बसमा सवार थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।