काठमाडौं । नेपाल बैंकको एटिएम मसिन तथा कार्ड सेवा आइतबार बन्द हुने भएको छ ।
बैंकको एटिएम तथा कार्डको सिस्टम माइग्रेसन कार्य हुने भएकाले बिहान १० बजेदेखि राति १२ बजेसम्म बैंकका सम्पूर्ण एटिएम मसिन तथा कार्डबाट हुने कारोबार बन्द हुने बैंकले जनाएको छ ।
‘यसबाट हाम्रा ग्राहक महानुभावमा पर्न जाने असुविधका लागि क्षगमाप्रार्थी छौं,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।